काठमाडौं: हाम्रो विकास बैंकले गतबर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको साउन १४ गते बसेको बैठकले बोनस र नगद गरी कुल १०.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई बितरण गर्नेछ ।
बैंकले गतबर्ष ५ करोड ४५ लाख खुद नाफा गरेको थियो ।
हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनस शेयर बितरणपछि बैंकको चुक्त्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।