काठमाडौं: नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षमा खुद मुनाफा १२ करोड ४९ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षमा कम्पनीको खुद नाफा ११ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ, जगेडा तथा कोषमा २४ करोेड ५३ लाख रुपैयाँ र बीमा कोष १९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यस अबधिमा खुद बीमा शुल्क ४५ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ। खुद दाबी भुक्तानी १९ करोड ४६ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी २० दशमलब २४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२ दशमलब ५१ गुणा, प्रति शेयर नेटवर्थ १ सय ७१ दशमलब ८२ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य ३ सय ५६ दशमलब ३७ रुपैयाँ रहेको छ ।