सानिमा लाइफ इन्स्योरेन्स र दिर्घायु गुरु हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र दिर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगदरहित सेवा प्रदान गर्ने  सम्झौता भएको छ। सम्झौता अनुसार  सानिमा लाइफ इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले दिर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरमा नगदरहित प्रि-चेकअप सुबिधा पाउने छन् ।

सम्झौतापत्रमा सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक केशब केसी र दिर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरका डाइरेक्टर सुरज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार