IME Life
Beema Board

फोन गरेर बीमित डाक्दै बैंक, बैंकले बीमा गर्ने नीतिगत व्यवस्था छैन

SPIL
NIC ASIA
Sanima Reliance

पाटनका रोशन कार्कीको एनआईसी बैंकमा बचत खाता छ । केही दिन अगाडी उनलाई बैंकबाट फोन आयो । बैंकले फोन गरेर उनलाई जीवन बीमा गर्नुहोस भन्ने आग्रह गर्यो । उनले प्रश्न गरे तपाईले मेरो नम्बर कसरी थाहा पाउँनु भयो । बैंकले भन्यो ‘तपाईको वचत खाता छ हामी कहाँ, बीमा गर्नुभयो भने राम्रो हुन्छ,’ । उनले म विचार गरेर खबर गर्छु भनेर फोन राखी दिए ।

बालुवाटारका रमेश बुढाथोकीले एउटा बैंकमा कर्जा लिनको लागी पुगे । बैंकले कर्जा लिनु अघि जीवन बिमा गर्नुपर्ने बतायो । उनले आफुले पहिले नै जीवन बीमा योजना खरिद गरी सकेको बताए । तर, बैंकले जीवन बीमा गर्नु भएन भने कर्जाको प्रक्रिया अगाडी बढ्दैन भन्ने जानकारी दियो । त्यसपछि उनी अचम्मित भएर फर्के । कार्की र बुढाथोकी त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा बैंकहरुले निक्षेपकर्तालाई बीमा गर्नका लागी फोन गर्न थालेका छन् ।

Prabhu
Crest

बैंकहरुले आफना निक्षेपकर्ताको बचत बिवरण हेरी बीमाका लागी फोर्स गर्न थालेका हुन् । बैंक तथा कम्पनी बिच बैंकास्योरेन्स सम्झौता हुन थालेपछि बैंकहरुले नै बीमा योजना विक्री गर्न थालेका हुन् । बैंकहरुले खातामा रकम भएका निक्षेपकर्तालाई फोन गरी गरी बीमा गर्न आग्रह गर्न थालेका हुन् । यद्यपी यस बिषयमा बीमा समितिले कुनै पनि कानुनी व्यवस्था भने गरेको छैन ।

‘बैंकको काम निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने हो बीमा गर्ने होईन, यदि बैंकले बीमा गरे भने निक्षेपकर्ताको गोपनियता रहँदैन । कुनै पनि समयमा बैंकले निक्षेपकर्ताको खाता चेक गरी रकम काट्न सक्छ,’

बैंकहरुले बीमा योजना विक्री गर्ने हो भने आफुहरु आन्दोलनमा उत्रने पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बताए । ‘बैंकको काम निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने हो बीमा गर्ने होईन, यदि बैंकले बीमा गरे भने निक्षेपकर्ताको गोपनियता रहँदैन । कुनै पनि समयमा बैंकले निक्षेपकर्ताको खाता चेक गरी रकम काट्न सक्छ,’ उनले भने ।
बीमा ऐन अनुसार कुनै पनि व्यक्तिले समितिले तोकेको प्रक्रिया पुरा गरी बीमा अभिकर्ताको लाईसेन्स लिन सक्छ ।

त्यसैगरी कुनै पनि संस्थाले पनि बीमा अभिकर्ताको काम गर्न सक्ने व्यवस्था छ । सोही बमोजिम वित्तिय संस्थाहरुले बीमा योजना विक्री गर्न सुरु गरेका हुन् । तर, यसलाई बैंकास्योरेन्स भनेर वित्तिय संस्थाहरु प्रचार गरि रहेका छन् । यद्यपी वित्तिय संस्थाहरुले बीमा योजना कसरी विक्री गर्ने भन्ने बिषयमा कुनै व्यवस्था भने गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS