SKIP THIS

National Insurance
IME Life

एसम्यानको खोजीमा बीमा कम्पनीका सञ्चालक

SPIL
NIC ASIA new
Sanima Reliance

प्रमुख कार्यकारी बिहीन छन् बीमा कम्पनीहरू
भर्खरै सञ्चालनमा आएका बीमा कम्पनीका सञ्चालकहरुले एसम्यानको खोजी गर्न थालेका छन् । आफुले भनेको जस्तै काम गर्ने एसम्यान नभेटिदा कम्पनीहरु प्रमुख कार्यकारी बिहीन भएका छन् । अझै पनि केही कम्पनीहरुमा सेकेण्डम्यानले काम चलाई रहेका छन् ।

नेपालमा हाल ३९ वटा बीमा कम्पनी छन् । जसमध्ये भर्खरै सञ्चालनमा आएका नौ जीवन बीमा कम्पनीमध्ये आधामा प्रमुख कार्यकारी छैनन् । जुन अझै नायव कार्यकारीले नै चलाई रहेका छन् ।

नयाँ कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिला कारोबार सुरुवात गरेको थियो । कम्पनीले गत बर्षको साउनबाट नै कारोबार सुरु गरे पनि प्रमुख कार्यकारी भने तोकेको छैन । कम्पनीले राकेश पोख्रेललाई नायब प्रमुख कार्यकारीको रूपमा नियुक्त गरेको थियो । तर, उनी सञ्चालकले खोजे जस्तो एसम्यान नहुँदा छ महिनामा नै कम्पनीले छोड्न बाध्य भए । अहिले कम्पनीले श्रीचन्द्र भटट्लाइ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने तयारी गरेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले गत बर्षको भदौ महिनादेखि नै कारोबारको सुरुवात गरेको हो । तर, कम्पनीले प्रमुख कार्यकारी भने अहिलेसम्म नियुक्त गरेको छैन । कम्पनीले प्रकाश विक्रम खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

Prabhu
Crest

त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृतमा केशवराज केसीलाई नियुक्त गरेको छ । समितिका अनुसार कम्पनीले प्रमुख कार्यकारी भने अहिलेसम्म नियुक्त गरेको छैन । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी पनि प्रमुख कार्यकारी अधिकृत विहिन छ । सन नेपाल लाईफ इन्स्योरेन्सले पनि राजकुमार अर्याललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

सिटिजन्स लाईफको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल,युनियन लाईफमा मनोज कुमार लाल कर्ण, रिलायबल लाइफ इन्स्योरेन्समा नारायण बाबु लोहनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवीण रमण पराजुली प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन । नियुक्त भएका प्रमुख कार्यकारीमध्ये मनोजकुमार लाल कर्ण र पोषक राज पौडेल बीमा क्षेत्रबाट आएका हुन् । नारायण बाबु लोहनी र प्रवीणरमण पराजुली बैंकिङ क्षेत्रबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । त्यस्तै, आईएमई लाईफले नियुक्त गर्न लागेका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भटट् पनि बैंकिङ्ग क्षेत्रबाट आएका हुन् ।

नयाँ निर्जीवन कम्पनीहरुमध्ये एउटामा मात्रै प्रमुख कार्यकारी छन् । दुई वटा कम्पनी भने अहिलेसम्म प्रमुख कार्यकारी बिहिन छन् । अजोड इन्स्योरेन्समा कुमार बहादुर खत्री प्रमुख कार्यकारी नियुक्त भएका छन् । उनी यस अघि लुम्बिनी जनरल इन्स्योरेन्समा कार्यरत थिए । त्यस्तै जनरल इन्स्यारेन्समा एसके तमोट प्रमुख कार्यकारी नियुक्त हुने तयारीमा छन् । सानिमा जनरल इन्स्यारेन्समा प्रमुख कार्यकारी नियुक्त गरिएको छैन ।

पुराना कम्पनीमध्ये युनाईटेड इन्स्योरेन्समा पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छैन । यस अघिका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजीनामा दिएपछि रमेश कुमार भटट्राईलाई कार्यवाहकको जिम्मेवारी दिईएको छ । एनएलजी इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनी छोडेपछि सुनिल बल्लभ पन्तलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको छ ।

नेपालमा प्रमुख कार्यकारी अधिकृतको लागि सक्षम व्यक्ति नभेटिएका कारण कम्पनीहरु प्रमुख कार्यकारी बिहिन बनेको कम्पनीका सञ्चालकहरु बताउँछन् । तर, कम्पनीले आफुले खोजे जस्तो एसम्यान नपाएर प्रमुख कार्यकारी तोक्न नसकेको सरोकारवालाहरु बताउँछन् । त्यस्तै कम्पनीहरुले सक्षम व्यक्तिलाई पनि दोस्रो व्यक्ति बनाएर राखेका छन् । दोस्रो पदमा नियुक्त गरेपछि सुविधा कम दिनुपर्ने भएर कम्पनीले नै यस्तो प्रपञ्च रचेको सरोकारवालाहरु बताउँछन् । त्यस्तै, केही बिज्ञहरु भने कम्पनीका सञ्चालकको माग पुरा गर्न जो कोहीको हिम्मत नभएकै कारण पनि कम्पनीहरुले प्रमुख कार्यकारी नपाएको बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS