SKIP THIS

PCL

नेशनल लाईफको हकप्रदमा आवेदन दिने समय थप भयो

काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले श्रावन १ गते  देखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ । यसअघि भदौ ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोमा त्यसलाई बढाएर भदौ १९ गतेसम्म पुर्याइएको कम्पनीले जनाएको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हुन आउने ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो  ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ भने हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार