एनएलजी इन्स्योरेन्सको १ अर्ब ५१ करोड रुपैयाँ बिमा शुल्क आर्जन

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४र७५ मा २६ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ५१ करोड रुपैयाँ संकलन गरेको थियो ।

१ लाख ६७ हजार ५६१ वटा विमालेख जारी गरेको यो कम्पनीको नवीकरण भएको बिमालेखको संख्या जम्मा ३३ हजार ४४८ वटा छ । गत वर्ष ८२ करोड रुपैयाँ कुल दावि भुक्तानी गरेको यो कम्पनीको भुक्तानी हुन बाँकी रकम अझै ६० करोड रहेको छ ।

 

यो बिमा कम्पनीको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ । जगेडा कोषमा १४ करोड रुपैयाँ राखेको यो बिमा कम्पनीको बिमा कोषमा भने ७१ करोड १५ लाख रुपैयाँ रहेको छ ।

यो बिमा कम्पनीको प्रतिशेयर आम्दानी ४०।६७ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ २३९।६४ रुपैयाँ छ भने प्रतिशेयर कुल सम्पतीको मूल्य ४५३।८२ रुपैयाँ रहेको पनि उल्लखे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार