IME Life

ग्लोबल आईएमई लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत बोनस

SPIL
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले गत बर्षको मुनाफाबााट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको साउन ३० गते बसेको ८१ औँ बैठकको निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest
Meta Holidays

साथै बोनसमा लाग्ने कर प्रयोजनार्थ ७ लाख ५८ हजार २८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिने पनि कम्पनीले जनाएको छ । लघुवित्तले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट स्वीकृती भएर लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलार्इ वितरण हुनेछ ।

लघुवित्तको हालको चुक्ता पूँजी ९ करोड ६० लाख ५० हजार छ । लघुवित्तले एक करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

ग्लोबल आईएमई लघुवित्त ग्लोबल आईएमई बैंकको सहायक कम्पनी हो।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x