IME Life

आईएमई जनरल इन्स्योरेन्सको नाफा १६ करोड ८७ लाख , प्रतिशेयर आम्दानी ३१ रुपैयाँ

SPIL
Sanima Reliance

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७४/०७५ मा १६ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८ करोड ३२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।

कम्पनीले आफनो व्यवसाय ४५ प्रतिशत वृद्धि गरेर १ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ६९ करोड ४९ लाख रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको थियो । २७ करोड ७२ लाख रुपैयाँ दावी भुत्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ २५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ पुगेको कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

५४ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको उल्लेखित ८० प्रतशित हकप्रद शेयरको निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २0 लाख रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले २ करोड ८० लाख रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x