SKIP THIS

Sun Securities
IME Life

नेपाल लाइफको १६ अर्ब बढी बिमा शुल्क आर्जन

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाण्डौ: जीवन बिमा कम्पनीहरुमध्येकै सभन्दा राम्रो मानिएको कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४७ करोड ९२ लाख खूद नाफा आर्जन गरेको छ ।कम्पनीले समीक्षा अवधिमा १६ अर्ब बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १२ अर्ब बढी बिमाशुल्क आर्जन गरेको थियो ।

अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफले पुनर्बिमा कमिसनबाट २ करोड ४९ लाख, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ५० करोड, बिमालेखको धितोमा कर्जाबाट ५१ करोड २६ लाख आम्दानी गरेकोमा यस वर्ष नेपाल लाइफले पुनर्बिमा कमिसनबाट १ करोड ६४ लाख आम्दानी गरेकोमा छ भने लगानी कर्जा तथा अन्यबाट ३ अर्ब ९७ करोड आर्जन गरेको छ । बिमालेखको धितोमा कर्जाबाट हुने आय ९० करोड ९८ लाखको उचाईमा पुगेको छ ।

Crest
Meta Holidays

नेपाल लाइफको जगेडाकोषको आकार ४ अर्ब ३४ करोडबाट खुम्चिएर ३ अर्ब ४७ करोडमा सीमित बन्न पुगेको छ भने ३९ अर्ब ५४ करोडमा सीमित जीवन बिमा कोष बढेर ५० अर्ब ४९ करोडको उचाईमा पुगेको छ । यस्तै, ३२ करोड ५४ लाखमा सीमित महाविपत्ति कोष जगेडा बढेर ३७ करोड ३३ लाखको उचाईमा पुगेको छ ।

कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ४३ करोड खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी २ अर्ब ८८ करोड मात्र थियो । हालसम्म यो कम्पनील ११ लाख ५२ हजार ८ सय ६० वटा बिमालेखाहरु जारी गरेको छ । अघिल्लो वर्षसम्म १० लाख ४१ हजार ८ सय ६९ बिमालेख मात्र जारी भएको थियो ।

समीक्षा अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी १०.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८७.५४ रुपैयाँ, पीई अनुपात ९६.३३ गुणा र औसत प्रतिफल दर १०.८३ प्रतिशत कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रहेको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x