GBIME
IME Life

रणनीतिक साझेदार खोज्दै युनाईटेड इन्स्योरेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं : युनाईटेड इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी पुराउनको लागी सबै विकल्पहरु खुल्ला गरेको छ । कम्पनीले मर्जर गरेर, रणनीतिक साझेदार भित्राएर र हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी बढाउँने योजना बनाएको छ ।


बीमा समितिको निर्देशन अनुसार कम्पनीहरुले गत असार मसान्तसम्ममा पूँजी कायम गरी सक्नु पर्ने थियो । तर, हालसम्म चार वटा कम्पनीले मात्रै समितिले तोकेको पूँजी कायम गरेका छन् । त्यसमध्येमा युनाईटेड इन्स्योरेन्स कम्पनीका पूँजी ३० करोड २४ लाख मात्रै रहको छ । समितिले तोकेको पूँजी पुराउँन कम्पनीले अझै करिब ७० करोड रुपैयाँ थप गर्नुपर्नेछ ।

SKYWELL
Crest

पूँजी पुराउँनका लागी कम्पनीले २४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । उनका अनुसार संचालक समितिले हकप्रद सेयर पारित गरि सकेको छ । अब साधारण सभाले पारित गरेपछि  हकप्रद सेयर निस्काशन प्रक्रिया अघि बढ्नेछ  ।

त्यसैगरी कम्पनीले पूँजी पुराउँनका लागी मर्जरको विकल्प पनि खुल्ला गरेको छ । स्वदेशी कुनै कम्पनीले सहयात्रा गर्न चाहेमा त्यसको लागी पनि कम्पनी तयार रहेको उनले बताए । साथै कम्पनीले बिदेशी रणनीतिक साझेदार भित्राउन पनि तयार रहेको छ । १५ प्रतिशत सेयर लिएर कोही आउँछन् भने सहकार्य गर्न तयार रहेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS