काठमाडौ: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री हुनेछ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।