IME Life

बीमा समितिका कर्मचारीका आफन्तले भरिए बीमा कम्पनी, आफन्तले जागिर खाएका कम्पनीमा समितिले गर्ला त कडा अनुगमन

SPIL
Sanima Reliance

काठमाडौ: नेपालमा भर्खरै संचालनमा आएका नयाँ बीमा कम्पनीमा बीमा समितिका कर्मचारीका आफन्तहरुले भरिएका छन् । समितिले नेपालमा बीमाको पहुँच बढाउँन नयाँ कम्पनीहरुलाई संचालन अनुमति दिएपछि कर्मचारीलाई आफना नातेदार भर्ती गराउँने बाटो खुलेको हो ।

नेपालमा हाल ३९ वटा बीमा कम्पनी संचालनमा छन् । १२ वटा कम्पनी गत बर्ष देखि मात्रै संचालन आएका हुन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी पनि संचालनको तयारीमा छ । योसँगै नेपालमा बीमा कम्पनीको संख्या ४० पुग्नेछ । नयाँ खुलेको बीमा कम्पनीहरुले बीमा पहुँच नबढाए पनि समितिका कर्मचारीलाई आफन्तलाई भने राम्रो रोजगार प्रदान गरेका छन् । अहिलेका नयाँ कम्पनीमा ५० प्रतिशत भन्दा बढी नातेदारले नै भरिएको एक वीमकले बताए । “आधा समितिका नातेदार, आधा संचालकका नातेदार छन् , अनि दक्ष जनशक्तिले कसरी मौका पाउँछन्,” उनले भने ।

Crest
Meta Holidays

अधिकांश समितिका कर्मचारीले बीमा कम्पनीमा आफना श्रीमती, छोरोछोरी, भाई, भतिजा भतिजि, देखि लिएर भान्जा भान्जीलाई पनि जागिर खुवाएका छन् । समितिका माथिल्लो तह देखि ड्राईभरले समेत कम्पनीका आफन्तलाई जागिर खुवाएका छन् । कम्पनीको सामान्य पदको लागी समेत माथिल्ला तहबाट नै फोन आउने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बताए ।

जागिर खुवाउँन कै लागी नयाँ कम्पनी दर्ता गर्नमा कर्मचारीहरु पनि उत्साहित भएको समितिका एक अधिकारीले बताए । “बास्तबमा कम्पनी खोल्न दिनु उपयुक्त यियो वा थिएन भन्ने बिषयमा कसैलाई सरोकार छैन । तर, नयाँ कम्पनीमा आएमा छोरा, छोरीको जागिर भने सुरक्षित हुने भएपनि उनीहरु पछि तातेका हुन्,” उनले भने ।

कम्पनीमा जागिर खाने समितिका कर्मचारीका नातेदारले कतिपय कम्पनीको नीति नियम नमान्ने गरेको कम्पनीका कर्मचारीको गुनासो छ । त्यस्तै, आफन्तले जागिर खाएको कम्पनी प्रति समितिका कर्मचारी सधै वफादार हुने भएकाले अनुगमनको काम नियमसंगत नभएको एक अधिकारीले बताए । फलस्वरुप समिति कम्पनी प्रति भन्दा पनि कम्पनी समिति प्रति हावी भएको देखिएको छ ।

यदि समितिले नेपालको बीमा क्षेत्रलाई बलियो बनाउने हो भने संस्थागत सुशासनमा नै आफना परिवारलाई कम्पनीमा जागिर खुवाउँन नपाउँने व्यवस्था गर्नुपर्ने एक वीमकले बताए । अन्यथा समितिले कहिल्यै पनि कम्पनीहरुलाई राम्रोसँग नियमन गर्न सक्दैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x