बिहीबार नेप्से २.५६ अङ्कले घटेर ११९१ को बिन्दुमा

नेप्से परि सूचक साताको पाँचौँ दिन २ दशमलव ५६ अङ्कले घटेर ११९१ दशमलव ३१ अङ्कमा बन्द भएको छ। कारोबार रकम २० करोड ७९ लाख पुगेको छ ।
आज सबै भन्दा धेरै निर्जीवन बिमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज निर्जीवन बिमा क्षेत्रका परि सूचक सबै भन्दा धेरै ० दशमलव ९७ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै बैङ्किङ क्षेत्रमा वृद्धि भएको छ। बैङ्किङ क्षेत्रको परि सूचक ० दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।आज बैङ्किङ क्षेत्र र उत्पादन मूलक क्षेत्रमा मात्र वृद्धि भएको छ ।
सबै भन्दा धेरै सानीमा माई हाईड्रोपावरकोे शेयर ३ करोड २८ लाख बराबरको शेयर किन बेच भयो।
आज सबै भन्दा धेरै बेस्ट फाइनान्स कम्पनी लि को सेयरमा ४ दशमलव ०८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटी एक्पे्रस फाइन्सको शेयर ९ दशमलव ६७ प्रतिशतले घट्न पुग्यो।

आज निर्जीवन बिमा कम्पनीको उपसुचक ० दशमलव ९७ प्रतिशतले घटेको छ भने ५ हजार ८ सय ५० को बिन्दुमा कारोबार बन्द भएको छ ।यसै गरी जीवन बिमा कम्पनीको उप सूचक ०।४४ प्रतिशतले घटेर ५ हजार नौ सय ४९ बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ७४ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बिमा कम्पनीहरूको २ करोड १८ लाख बराबरको कारोबार भएको छ ।
हिजो बजारमा केही हरियालीपन छाएपनी ,आज कारोबार रकम भने बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार