IME Life

जता भत्क्यो त्यतै झ्याल बीमा समितिको भयो बेहाल

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं: नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने बिमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको यतिबेला बेहाल भएको छ । नयाँ बीमा विद्येयक २०७५ र समितिको अध्यक्षको योग्यताको बिषयमा सर्वोच्चमा परेको रिटले समितिको नेतृत्व देखि लिएर कर्मचारी समेत निश्क्रिय भएका छन् ।

गत आर्थिक बर्ष देखि नेपालको बीमा क्षेत्रमा १२ वटा नयाँ कम्पनी सञ्चालनमा आएका छन् । एउटा कम्पनी सञ्चालनको तयारीमा छ । समितिमा २३ जना नयाँ कर्मचारी थपिएका छन् । यस्तो अवस्थामा समितिको अध्यक्ष नै निरीह हुँदा कर्मचारीहरु के गर्ने के नगर्ने भन्ने अन्यौलमा छन् ।

Crest

लामो प्रयास पछि समितिले यस बर्ष बीमा विद्येयक मस्यौदा अर्थमन्त्रालयबाट पारित गराई संसदमा पुगेको छ । लामो संघर्ष पछि आउन लागेको नयाँ विद्येयकबाट कर्मचारीमा उत्साह थपिनु पर्नेमा नैराश्यता सृजना भएको छ । कारण समितिले विद्येयकमा राखेको व्यवस्थालाई हटाएर अर्थमन्त्रालयले फरक व्यवस्था गरेको छ । बिषेश गरी समिति प्राधिकरणमा रुपान्तरण भए पनि सञ्चालक नयाँ गठन हुने व्यवस्थाले अध्यक्षको नै निराश देखिएका छन् । त्यति मात्रै हैन समितिको कोष, बिनियम बनाउने अधिकार, कर्मचारीको संरचाना निर्माणको अधिकार लगायतका अधिकार अर्थमन्त्रालयसँग निहित हुने व्यवस्था गरेपछि कर्मचारीहरु पनि दोधारमा परेका हुन् ।

त्यस्तै, समितिका अध्यक्षको योग्यताको बिषयमा लिएर सर्वोच्चमा रिट परे पछि अध्यक्ष अर्को समस्यामा परेका छन् । बीमा ऐन अनुसार समितिको अध्यक्ष हुनुका लागी बीमामा बिषेश अनुभव भएको हुनुपर्ने व्यवस्था छ । तर, प्रत्यक्ष रुपमा उनी बीमा क्षेत्रसँग सम्बन्धित थिएनन् । उनी नेपाल राष्ट्र बैंक पोखराका क्षेत्रिय कार्यलय निर्देशक हुन् । तर, अहिले उनले अवकाश पाई सकेका छन् । व्यवहारिक रुपमा पनि बीमा र बैंक फरक कुरा हो । त्यसैले पनि यो केशमा उनी कमजोर देखिएका छन् । साथै तत्कालिन समयमा अध्यक्षका अर्को दाबेदार बीमा विज्ञ डा.रबिन्द्र घिमिरे थिए । बीमा बिषयमा नै  विद्यावारिधि गरेका घिमिरेलाई उपेक्षा गरी अर्थमन्त्रालयले चापागाईलाई अध्यक्षमा नियुक्त गरेको थियो । जसको सर्बत्र आलोचन भएको थियो ।

तसर्थ यतिबेला समितिका कर्मचारीहरु नयाँ विद्येयकमा समितिलाई कमजोर बनाउन राखिएका बुदा संशोधन गर्न लबिगं गरिरहेका छन् । त्यसैगरी अध्यक्ष चापागाई पनि आफनो पक्षबाट दुवै केशको लागी लबिगं गरिरहेका छन् । तसर्थ समितिमा यतिबेला कुनै पनि नयाँ निर्णय हुन सकेको छैन । कर्मचारीहरु दैनिक कार्य मात्रै गरिहेका छन् । नयाँ योजना बनाउने, निर्माण गर्ने र निर्णय गर्ने काम रोकिएको छ ।

त्यसैगरी गत असारमा अवकास पाएका निमित्त  कार्यकारी निर्देशक श्रीमान् कार्कीको स्थानमा अहिलेसम्म पनि कर्मचारीको बढुवा भएको छैन । प्रमुख कार्यकारीको पालोमा रहेका निर्देशक राजुरमण पौडेलेको बढुवा पनि नयाँ विद्येयक र अध्यक्षको विरुद्धमा परेको केशको कारण रोकिएको छ । त्यसैगरी अर्को निर्देशक कमल प्रसाद रेग्मी विगत एक बर्ष देखि जिम्मेवारी विहिन छन् । अध्यक्ष चापागाईले उनलाई एक बर्ष देखि कुनै पनि जिम्मेवारी दिएका छैनन् । उनको योग्यताको बिषयमा अदालतमा रिट परेपछि भने सामान्य काम दिईएको स्रोतले बताएको छ । उनलाई जिम्मेवारी मात्रै हैन आधारभूत सुविधाबाट पनि बन्चित गरिएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS