IME Life

बैदेशिक रोजगारीमा जाने २१९ जनाले औषधीउपचार बीमा बापत साढे १ करोड भुक्तानी लिए

SPIL
Sanima Reliance

काठमाडौ, बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्र्तगत औषधीउपचार बापत निर्जीवन बीमा कम्पनीहरुले १ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार विगत तीन बर्षको अवधिमा कम्पनीहरुमा औषधी उपचारका लागी २१९ वटा दाबी परेको छ ।

तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/७३ मा ७९ वटा औषधीउपचारको दाबी परेको थियो । जसबापत कम्पनीहरुले २९ लाख ८० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । त्यस्तै, आव २०७३/७४ मा कम्पनीहरुमा ७१ वटा दाबी परेको थियो । जसबापत कम्पनीहरुले ४८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । आव २०७४/७५ को चैत्रमसान्तसम्ममा भने कम्पनीहरुमा ६९ वटा दाबी परेको छ । जस बापत कम्पनीहरुले ७२ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका छन् ।

Crest
Meta Holidays

कम्पनीहरुमा परेको यो दाबी र भुक्तानी रकम बढ्न सक्ने समितिको अनुमान छ । कतिपय विमितको दाबी आउन बाँकी रहेको र दाबी आएर कतिपय दाबी भुक्तानीको प्रक्रियामा रहेको छन् ।

विगत तिन बर्षको औषधीउपचार बापतको दाबी संख्या र विवरण (गत आवको चैतसम्मको)
गत आवको चैत्र महिनामा भने घातक रोग बापत ८ वटा मात्रै दाबी परेको छ । जसबापत कम्पनीहरुले ४० लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवमा भने जम्मा ३ वटा मात्रै दाबी परेको थियो । जसबापत कम्पनीहरुले ११ लाख ५० हजार रुपैयाँ भुक्तानी गरि सकेका छन् ।

अन्य औषधी उपचारको लागी गत आवमा ६६ वटा दाबी परेको थियो । जस बापत कम्पनीहरुले ३२ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवमा परेको ६८ वटा दाबीको कम्पनीहरुले ३६ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेका छन् । आव २०७२/७३ मा भने ७९ वटा दाबी परेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x