GBIME
IME Life

नागरिक लघुवित्तको नोक्सानी  २७ लाख आठ हजार ७ सय ७० रुपैया

SPIL
NIC ASIA new
Sanima Reliance

नागरिक लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७४/७५ मा २७ लाख आठ हजार ७ सय ७० रुपैया नोक्सानी रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत चैत्रसम्ममा लघुवित्तको नोक्सानी ११ लाख ६१ हजार ७ सय ८० रहेको थियो ।

२०७४ साल माघ १५ गतेबाट वित्तीय कारोवार सञ्चालन गरेको नागरिक लघुवित्त व्यसायिक कारोबार सञ्चालन नगरेका कारण नोक्सानीमा गएको हो । कर्मचारी खर्च र अन्य सञ्चालन खर्चले लघुवित्तको सञ्चालन नोक्सानी २७ लाख ८ हजार ७ सय ७० रुपैया पुगेको हो ।

SKYWELL
Crest

समीक्षा अवधिमा लघुवित्तले ५० लाख सापटी तथा १२ लाख ३९ हजार ६ सय ६० रुपैया निक्षेप संकलन गरेको छ भने एक करोड १३ लाख २ हजार ८ सय ९० रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले ९ लाख ७० हजार ब्याज आम्दानी गरेर एक लाख ९३ हजार ब्याज खर्च गरेको छ । कम्पनीले ७ लाख ७६ हजार ४ सय ३० रुपैया खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत लिएको यस कम्पनी वि.सं २०७४ असार २५ गते पब्लिक कम्पनीमा दर्ता भएको थियो ।

काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको कार्यक्षेत्र काभ्रेपलाञ्चोक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, गोर्खा, धादिङ, लमजुङ र तनहुँ गरि १० जिल्लामा रहेको छ ।

संस्थाले बैंकिङ्ग पहुँच नपुगेका क्षेत्र तथा विपन्न वर्गसम्म सरल एंव सुलभ रुपमा स्तरीय वित्तीय सेवा उपलब्ध गराउने उदेश्यका साथ स्थापना भएको थियो ।

लघुवित्तको एक करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तमा ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS