IME Life

ज्योति बिकास बैंक ११ बर्षमा प्रवेश ,सामाजिक सेवामा पनि सफलता कमाउँदै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

ज्योति बिकास बैकले आफनो स्थापनाको १० औ वर्ष पूरा गरी हिजो देखी ११ औ बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैकंले बिशेष कार्यक्रम आयोजना गरी बार्षिकोत्सव मनाएका साथै विभिन्न कार्यक्रम पनी सम्पन्न गरेको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्ष पनि बैंकको कमलादी स्थीत प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने ,सामाजिक सेवामा पनी सक्रियता रहेको थियो ।

मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोका संग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्चका लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ ।

Crest

साथै बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको थियो । त्यस्तै बैंकको वर्दिबास शाखाबाट पनि धनुषामा अवस्तिथ लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।
यस विकास बैंकको हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आ.व. भित्र यस बैंकले ९० वटा शाखाहरु पु¥याउने लक्ष्य सहित कार्य गरिरहेको जानकारी गराउँदछौं । हालसम्म बैंकले २ लाख भन्दा बढि खाताबाट रु. १९ अर्व ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व ९ करोड ऋण लगानी गरेको छ ।बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS