पोखरा फाइनान्सको बढ्यो नाफा

Citizen Life Insurance Co

काठमाडौं, पोखरा फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ३५ लाख ८९ हजार रुपैयाँले बढेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा जम्मा चार प्रतिशतले बढेको छ ।यो फाइनान्सले अघिल्लो वर्ष ८ करोड ७७ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यस्तो नाफा गत आवमा ९ करोड १३ लाख रुपैयाँ पुगेको छ । यो फाइनान्सको चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ मात्रै छ । यसको जगेडा कोषमा ३५ करोड ७५ लाख रुपैयाँ छ ।
यो फाइनान्सले गत आवसम्ममा ४अर्ब ३२ करोड १२ लाख रुपैयाँको निक्षेप संकलन गरेर ४ अर्ब १४लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी ३१ करोड ५७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यसमा प्रति शेयर आम्दानी बार्षिक १९.१९ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४३.७९ रुपैयाँ रहको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार