प्रभु इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

प्रभु इन्स्योरेन्स लिमिटेडको ४६% हकप्रद शेयर खरिद गर्न आवेदन बुझाउने म्याद आज अन्तिम दिन रहेको छ । प्रभुले असार ८ गतेदेखि १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आज बैंकिङ समय भित्र आवेदन बुझाउनु पर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार