IME Life

अब देखि बीमा कम्पनीले दुई वटा वित्तिय विवरण बुझाउनु पर्ने

SPIL
NIC ASIA

बीमा कम्पनीहरुले अब देखि नेपाल वित्तिय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तिय विवरण बुझाउँनु पर्नेछ भएको छ । बीमा समितिले दिएको निर्देशन अनुसार कम्पनीहरुले चालु आर्थिक बर्ष २०७५/७६ देखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तिय विवरण बनाउँनु पर्नेछ ।

एनएफआरएस भनेको अन्तराष्ट्रिय वित्तिय रिपोटिगं स्ट्याडण्र्डसँग मिल्ने वित्तिय विवरणको ढाँचा हो । नेपालको बीमा कम्पनीहरुको वित्तिय विवरणको संरचनालाई अन्तराष्ट्रिय स्तरको बनाउन समितिले यस्तो खालको संरचनामा वित्तिय विवरण बुझाउनु निर्देशन दिएको हो । योसँगै अब देखि बीमा कम्पनीहरुले दुई वटा संरचनामा विवरण तयार पार्नुपर्नेछ ।

Prabhu
Crest

कम्पनीहरुले अहिले तयार पादै आएको वित्तिय विवरणको संरचनालाई नियमनमा आधारित वित्तिय विवरण भनिन्छ । अर्थात् नियमनकारी निकायलाई आवश्यक पर्ने सुचकहरुको आधारमा रहेको बनाईएको ढाँचा । तर, यस्तो खालको ढाँचा अन्तराष्ट्रिय ढाँचाहरुसँग मेल खादैन । अर्थात् अन्य मुलुकका बीमा कम्पनीहरुले तयार पारेको विवरण र नेपाली कम्पनीहरुले तयार पारेको विवरणमा भिन्नता छ । जसका कारण विदेशीहरुलाई नेपाली कम्पनीको विश्लेषण गर्न कठिन हुन्छ ।

तसर्थ अब देखि कम्पनीहरले सिद्धान्तमा आधारित संरचनामा पनि वित्तिय विवरण पेश गर्नुपर्नेछ । सिद्धान्तमा आधारित वित्तिय विवराणको संरचनाको सुचकहरु नेपाल लेखामान बोर्डले तय गर्नेछ । लेखामान बोर्डले गत अघिल्लो आव देखि नै उक्त संरचनामा वित्तिय विवरण बनाउन निर्देशन दिएको थियो । सोही बमोजिम नेपाल राष्ट्र बैंकले बाणिज्य बैकहरुले अघिल्लो बर्ष देखि नै यस्तो खाका वित्तिय विवरण बनाउन निर्देशन दिएको छ । समितिले भने चालु आव देखि मात्रै यसलाई अनिवार्य गरेको हो ।

समितिले कम्पनीहरुले अघिल्लो आव र गत आवको ग्याप एनलाईसिस गर्न निर्देशन दिएको थियो । सोही बमोजम कम्पनीहरुले हाल समिलिाई ग्याप एनलाईसिस बुझाई रहेका छन् । चालु आवमा कम्पनीहरु नियमन र सिद्धान्तमा आधारित वित्तिय विवरण बुझाउँनेछन् ।

समितिको बिषेश उद्धेश्यका लागी नियमनमा आधारित वित्तिय विवरण हेरिन्छ भने सामान्य प्रयोग लागी सिद्धान्तमा आधारित वित्तिय विवरण हेरिनेछ । नियमनमा आधारित विवरण पुरानो मूल्यको आधारमा तयार पारिन्छ भने सिद्धान्तमा आधारित विवरण बजार मूल्यको आधारमा तयार पारिन्छ । यो विवरणको ढाँचाले बीमा कम्पनीहरुमा पारदर्शिता ल्याउँने र यो बढी बैज्ञानिक हुने समितिले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS