IME Life

बिभिन्न वाणिज्य बैंकमा रोजगारीको अबसर

SPIL
NIC ASIA

वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तारमा लागी परेको हुँदा हजारौँको संख्यामा रोजगारी खुल्न लागेको छ । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ । यही क्रममा बुधबार समेत केही ठूला बैंकले विभिन्न पदका लागि जागिरको अवसर खुलाइएको सूचनाहरु प्रकाशित गरेका छन् ।

हालसालै FPO समेत निस्कासन गरेको र ‘बैंक अफ दि इयर’ को प्रतिष्ठित उपाधि पाएको एनएमबी बैंकले विभिन्न ७ पदमा दर्जनौ कर्मचारी मागेको छ ।बैंकले ब्राञ्च म्यानेजर, रिलेसनसीप म्यानेजर, विजिनेश डेभलपमेन्ट एक्जूकेटिभ, चार्टर्ड अकाउण्टेन्ट, लिगल अफिसर्स, म्यानेजमेन्ट टद्वेनी र जुनियर असिस्टेन्ट पदमा कर्मचारी मागेको हो । लिगल अफिसर, म्यानेजमेन्ट ट्रेनी र जुनियर असिस्टेन्टका लागि अनुभवको आवश्यकता पर्ने छैन । यी तीन पदमा फ्रेसले समेत आवेदन दिनसक्ने बताइएको छ । इच्छुकले आगामी अगस्ट ५ तारिख ५ बजेसम्ममा आवेदन तथा व्यक्तिगत विवरण बैंकलाई इमेल गरिसक्नुपर्नेछ ।

Prabhu
Crest

यस्तै नेपाल बंगलादेश बैंक लिमीटेडले मानव संसाधन विभागमा काम गर्ने गरी असिस्टेन्ट म्यानेजर वा सिनियर एक्जूकेटिभ अफिसर तथा डिजिटल बैंकिङ डिपार्टमेन्ट हेडको गरी २ पदमा कर्मचारी मागेको छ । अनुभब भएकाले मात्रै आबेदन दिनसक्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले असिस्टेन्ट वा डेपुटी म्यानेजरको रुपमा काम गर्ने गरी एकजना जनशक्ति माग गर्दै सूचना प्रकाशित गरेको छ । सूचना यस्तो छः

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS