बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिने त ?

काठमाडौँ: हामी मध्ये धेरै व्यक्तिहरु जसले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न  जरुरी हुन्छ । बीमितले बिमा गर्दा कुन–कुन कुरामा ध्यान  दिनुपर्छ । कुरा नबुझी बीमा गर्दा कस्ता समस्याहरु बेहोर्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा केही जानकारीहरु निम्न छन  ।
१ सर्वप्रथम पहिला बीमा गर्दा बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।
२ के क–कति आवश्यकताले बीमा गर्न खोजिएका हो र बीमा गर्न खाजिएको हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा सपष्ट हुनुहुन्छ ।
३ बीमा अर्भिकर्ता बीमा समितिबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।
४ कुनै जोखिम सबैभन्दा बढी सम्भाव्य छ र बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।


५ बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ । कम्तीमा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ ।
६ बीमा गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।
७ बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ ।
८ यसका साथै नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणका बीमा शूल्क भुक्तानी गनुपर्छ ।
९ बीमा गर्दा बीमाको विषयवस्तुसँग हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।
१० बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।

प्रस्तुती : रिना खत्री 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार