IME Life

गरिमा विकास बैंकको नाफा ४३ करोड ७८ लाख,

SPIL
Sanima Reliance

काठमाडौं :  गरिमा विकास बैंक लिमिटेडले अघिल्लो आवको तुलनामा गत आवमा २७.७८ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत आवमा ९ करोड ५२ लाख १६ हजार रुपैयाँले नाफा बनाएर ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ पुराएको छ ।अघिल्लो आवमा १४ अर्ब ५१ करोड निक्षेप संकलन गरेको बैंकले गत आवमा २१ अर्ब २२ करोड पुर्याएको छ । त्यसैगरि १२ अर्ब ९९ करोडको कर्जा लगानी १८ अर्ब ८५ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २५ करोड बढेर एक अर्ब पुगेको छ ।

यो बैंकको जगेडा कोषमा ७२ करोड ७२ लाख रुपैयाँ छ भने यसले ५० करोड ६७ लाख रुपैयाँ लगानी गरेको उल्लेख छ । यसको खराव कर्जा अनुपात शून्य दशमवल २७ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात ०.७८ प्रतिशत थियो । यसको कर्जा तथा निक्षेप अनुपात (सीडी) रेसियो ७६.३३ प्रतिशत छ ।बैंकको प्रोभिजन तीन करोड ९ लाखबाट बढेर ९ करोड ६२ लाख, कर्मचारी खर्च १६ करोड ७० लाखबाट २२ करोड ८८ लाख तथा १५ करोड ५१ लाखको अन्य सञ्चालन खर्च १९ करोड ७६ लाखमा पुगेको हो । बजारमा सोमबार १७६ मा गरिमा विकास बैंकको शेयर कारोबार भएको थियो।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x