IME Life

पञ्चकन्याको आइपीओमा १ अर्ब रुपैयाँ बराबरको आवेदन,

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: पञ्चकन्या माई हाईड्रोपावरले साउन १ गते देखि आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले साउन १ गतेदेखि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो। पञ्चकन्या माई हाइड्रोपावरको आइपीओमा १ लाख ४५ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।बिहीबार बेलुकासम्म ६७ करोड रुपैयाँ बराबरको आवेदन परेकोमा शुक्रबार कार्यालय समयसम्म यो आइपीओमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ताका लागि आवेदन परेको छ । यो आवेदन माग भन्दा ९.९९ गुणा धेरै हो ।पञ्चकन्याको आइपीओमा माग भन्दा धेरै आवेदन परेपछि शुक्रबार (साउन ४ गते) नै यसको बिक्री बन्द भएको छ ।
पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।कम्पनीले क्रेडिट रेटिङ ४ पाएको थियो । यसमध्ये ४४ हजार (४%) कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता (५%) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । पञ्चकन्याको हाल जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x