IME Life

सिटिजन्स बैंकको खुद नाफा ३०.२१% ले वृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ:गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्नमा वाणिज्य बैंकहरु मध्येमा पहिलो बनेको सिटिजन्स बैंकले खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । राष्ट्र बैंकले तोकको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याइसकेको बैंकले एक अर्ब ४० करोड खुद नाफा गरेको छ ।अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो ।
सिटिजन्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको हो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १८.७६% वृद्धि भएर २ अर्ब ८ करोड ६७ लाख २६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १ अर्ब ६९ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको तुलनामा सञ्चालन नाफा ६३.८१% धेरै हो ।
बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरेअनुसार रहेको जानकारी दिएको छ । ब्याज खर्चमा केही वृद्धि भए पनि नाफा सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ ।यसले खराब कर्जा अनुपात २.०२% बाट घटाएर १.२५% मा सीमित राखेको छ । यो बैंकको कस्ट अफ फन्ड भने बढेर ८.४५% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ८% थियो । सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भमा भने २ अर्ब ७६ करोड ८० लाख ९३ हजार रुपैयाँ मात्र जम्मा भएको छ ।
सिटिजन्सले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता २०० रुपैयाँ दरमा एफपीओ बिक्री गर्न लागेको हो । एफपीओपछि पुँजी झन माथि जानेछ ।बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS