विमक संघले गर्ने भयो नेपालमा एआईआरडीसी सम्मेलन

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ : नेपालमा २१ औ एआईआरडिसी (विकासशिल राष्ट्रहरुको विमक र पुर्नबिमकको संघ) सम्मेलन आयोजना हुने भएको छ । नेपाल बिमक संघ, एआईआरडिसी र बिमा समितिको आयोजना आगामी असोज ९ र १० सम्मेलन हुने भएको हो ।
प्रत्येक दुई/दुई बर्षमा सञ्चालन हुने यो सम्मेलन यो बर्ष नेपालमा हुन लागेको हो । ‘विपद्को वित्तिय जोखिममा बिमा’ भन्ने नाराका साथ यो बर्षको सम्मेलन आयोजना गरिने भएको छ । यस अघि यो सम्मेलन बहराईनमा भएको थियो । नेपालमा भने सन् २००० मा भएको थियो ।

यस सम्मेलनमा अन्तराष्ट्रिय बिमक, पूर्नबिमा र ब्रोकर कम्पनीका करिब ५ सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने विमक संघले अनुमान गरेको छ । विकासिल मुलुकहरुको विमा क्षेत्रमा काम गर्दै आएको यस संघको मूख्य कार्यलय फिलिपिन्सको मलिनामा रहेको छ । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह यस संघका उपाध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार