IME Life

विमक कर्मचारी मार्गदर्शनको तयारी गर्दैछ समिति

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: बीमा  कम्पनीको कर्मचारी विनियमावलीमा एकरुपता गर्ने उदेश्यले बीमा समितिले बीमाकम्पनीका कर्मचारी सेवा शर्त सम्बन्धी मार्गदर्शन २०७५ जारी गर्ने तयारी गरेको छ । बीमा कम्पनीहरुको कर्मचारी विनियमावलीमा एकरुपता ल्याउन समितिले मार्गदर्शन जारी गर्ने तयारी गरेको हो । समितिको संस्थागत सुशासनमा पनि मार्गदर्शनको व्यवस्था गरिएको छ । समितिले मार्गदशनको अन्तिम संरचना तयार गरी सञ्चालक समितिमा बुझाई सकेको छ । सञ्चालक समितिले स्वीकृत गरेपछि मार्गदर्शन कार्यन्वयन हुने समितिले बताएको छ ।
बीमा कम्पनीहरुले कर्मचारी सम्बन्धी विनियमावली आफुखुशी निर्माण गरेपछि समितिले विनियमावली सम्बन्धी मार्गदशन ल्याउने तयारी गरेको हो । मार्गदर्शन जारी भए पछि कम्पनीहरुले आफनो कर्मचारी विनियमावली समितिमा स्वीकृत गराएपछि मात्रै कार्यन्वयन गर्न सक्नेछन् । यसले बीमा कम्पनीका कर्मचारीको सेवा र सुविधा पनि एकरुपता ल्याउने समितिले विश्वास लिएको छ ।

मार्गदर्शनमा विमकका कर्मचारीहरुले पाउँने सेवा सुविधाको बिषयमा सैद्धान्तिक आधार तयार पारिएको छ । जसअन्र्तगत कर्मचारी कम्पनीको कर्मचारीको तह, तह अनुसार प्रवेशको उमेर पनि तोकिएको छ । त्यस्तै तह अनुसार कर्मचारीको शैक्षिक योग्यता पनि तोकिएको छ । साथै तह अनुसार कर्मचारीले पाउँने तलब भत्ता, बीमा, विदा लगायतका सुविधाको बिषयमा विमकहरुले आफनो कर्मचारी विनियमावलीमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

समितिले जारी गर्ने तयारी गरेको मार्गदर्शनले बीमा कम्पनीको कर्मचारीको पारदर्शिता पनि ल्याउँने भएको छ । मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले आफना कर्मचारीको सम्पति विवरणको रेकर्ड राख्नु पर्नेछ भने आवश्यक परेमा बीमा समितिलाई उक्त विवरण बुझाउनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS