प्राइमको सीईओमा भट्टराई पुनः नियुक्त

इन्स्योरेन्स खबर/काठमाडौँ: प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार भट्टराई पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । भट्टराईले मंगलबारदेखि नै आगामी ४ वर्षका लागि पुनः सीइओको जिम्मेवारी सम्हालेका छन् ।

कम्पनीको सञ्चालक समितिले असार पहिलो साता नै भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।सञ्चालक समितिको निर्णलाई बिमा समितिले पनि मंगलबार स्वीकृति दिएको हो ।।बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशक काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको छ ।
जीवन बीमाको क्षेत्रमा नेपालको इतिहासमै छुट्टै र नयाँ किसीमका बीमा योजनाहरु सुरु गरेको प्राइम लाईफले नेपालका ७४ जिल्लामा १३६ वटा कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार