IME Life

एक अर्ब बीमा प्रिमियम संकलन गर्न सफल भयो आइएमई

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: निर्जीबन बीमा व्यवसाय गर्दै आएको आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अर्ब ९२ लाख रुपैयाँ आर्जन गरेको छ । २०७५ अषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको छ । आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आइएमई जनरललाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले जानकारी दिएका छन् ।

Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गत आवमा सो मात्राको बीमा प्रिमियम संकलन सफल भएकोमा खुशी व्यक्त गर्दै उच्च व्यवस्थापन तथा कर्मचारीहरुलाई नयाँ आवको शुभकामना दिएका छन् ।

साथै, श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

५४ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको  ८० प्रतशित हकप्रद शेयरको निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २0 लाख रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले २ करोड ८० लाख रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ।

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीले पहिलो पटक ८० प्रतिशत हकप्रद निष्काशन गरेर त्यस पछि शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । अब फेरि इन्स्योरेन्सले तेस्रो पटक हकप्रद बिक्री गर्न लागेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS