IME Life

वैदेशिक रोजगारी बीमाको मृत्यु दाबी बापत साढे एक अर्ब भुक्तानी

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं: वैदेशिक रोजगारमा गएका कामदारको मृत्यू बापत जीवन बीमा कम्पनीहरुले करिब साढे एक अर्ब रुपैयाँ भुक्तानी गरेका छन् । बीमा समितिको तथ्याक अनुसार विगत तीन बर्षको अवधिमा कम्पनीहरुले १ अर्ब ६५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/७३ देखि आव २०७४/७५ चैत मसान्तसम्ममा कम्पनीहरूले २ हजार ५ सय ८६ वटा दाबी बापत उक्त रकम भुक्तानी गरेका हुन् । आव ०७२/७३ मा कम्पनीहरूमा ९ सय ४६ वटा वैदेशिक रोजगार बिमा बापत मृत्यु दाबी परेको थियो । जसबापत कम्पनीहरूले ४७ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यस्तै आव ०७३/७४ मा परेको ९ सय ६२ वटा मृत्यु दाबीबापत कम्पनीहरूले ६५ करोड १० लाख रुपैयाँ भुक्तानी गरेका छन् । चालू आवको चैत मसान्तसम्ममा भने कम्पनीहरूले ६ सय ७८ दाबीबापत ५२ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको तथ्यांक छ । मृत्युबापत कम्पनीहरूले भुक्तानी गरेको रकम कुल दाबीको ७३ प्रतिशत हो ।
तथ्याक अनुसार स्वदेशमा नै मृत्यू हुनेको संख्या ३८६ रहेको छ । विदेशमा मृत्यू हुनेको संख्या भने २ हजार २ सय रहेको छ । आव २०७२/७३ मा स्वदेशमा मृत्यू भएर दाबी संख्या १०५ थियो । आव २०७३/७४ मा १४७ थियो भने आव २०७४/७५ को चैत महिनासम्ममा १३४ रहेको थियो । त्यस्तै, विदेशमा मृत्यू भएका कामदारको दाबी संख्या आव २०७२/७३ मा ८४१ थियो । आव २०७३/७४ मा ८१५ थियो भने गत आवको चैत महिनासम्ममा ५४४ थियो ।

 वैदेशिक बीमाको सुरुवात

Prabhu
Crest

बैदेशिक रोजगारमा गएका कामदार जोखिम पर्न थालेपछि वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो । मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति पाउने गरी कम्तीमा ५ लाख रुपैयाँको बीमा अनिवार्य गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको थियो । सोही अनुसार विभिन्न जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् । हाल बीमा बापत कामदार अधिकत्तम २० लाख रुपैयाँ पाउँने व्यवस्था रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS