IME Life

छ वटा वित्तिय संस्थाको आस्वा सदस्यता रद्ध

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:  नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक बर्ष २०७४/७५ को अन्त्यसम्ममा ५६  वटा सदस्यले मात्रै अनुमती नविकरण गरेको बताएको छ । अनुमति नविरकण गरेका सदस्य मार्फतबाट मात्रै सेयर खरिदको लागी दरखास्त दिन सकिने बोर्डले बताएको छ ।

बोर्डका अनुसार छ वटा आस्वा सदस्यले लाईसेन्स नविरकण गराएका छैनन् । जस मध्ये  माछापुच्छे बैंक, पोखरा फाईनान्स, कामना सेवा विकास बैंक, शाईन रेसुगां विकास बैंक, मिशन डेभलमपेण्ट बैंक र श्री इन्भेष्टमेण्ट एण्ड फाईनान्सले लाईसेन्स नविकरण गराएका छैनन् । तर, सगरमाथा फाईनान्स सेञ्चुरी बैकसँग बिलय भै सकेको छ भने कामना विकास बैंक सेवा विकास बैंकसँग गाभिएर कामना सेवा विकास बैंक भएको छ । त्यस्तै, टुरिजम विकास बैंक मेगा बैंकसँग गाभिएको छ ।

Crest

कुल आठ वटा संस्था नविरकण गराएको थिएनन् । नविकरण नगराएका संस्था सगरमाथा फाईनान्स सेञ्चुरी  बैंकसँग विलय भएको छ भने टुरिजम विकास बैंक मेगा बैंकसँग मर्ज भैसकेको छ ।

प्रत्येक आस्वा सदस्यले जेठ महिना भित्रमा आफनो लाईसेन्स नविकरण गराई सक्नुपर्नेछ । यद्यपी बोर्डले दिएको थप अवधि असारमसान्तसम्म पनि लाईसेन्स नविरकण नगरेपछि बोर्डले लाईसेन्स रद्ध गरेको छ । उक्त संस्थाले आस्वा सदस्यता लिन चाहेमा पुन: निवेदन दिनु पर्ने बोर्डका सह प्रवक्ता निरन्जय घिमिरले बताए ।

आस्वा सदस्य लाईसेन्सको निवेदनका लागी दिन ५ हजार रुपैयाँ शुल्क लाग्छ भने लाईसेन्सको २५ हजार रुपैयाँ शुल्क छ । त्यसैगरी लाईसेन्स नविकरण गर्दा पनि २५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS