कामना सेवा विकास बैंकमा नयाँ संचालक समिति

इन्स्योरेन्स खबर/काठमाडौं:  असार ३२ गते सम्पन बैङ्कको एघारौँ वार्षिक साधारण सभाले बैङ्कको संचालकहरुको नियुक्ति गरेको हो।

संस्थापक अन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी ३ जना संचालकहरु नियुक्त गरेको छ, जसमा श्री सुदिप आचार्य, श्री भीम प्रसाद तुलाचन र श्री चतुराखर अधिकारी रहेका छन्।

 

यसै गरी सर्वसाधारण समूह अन्तर्गत प्रतिनिधित्व गर्नेमा ३ जना संचालकहरुपनि नियुक्त गरेको छ। सर्वसाधारण अन्तर्गत श्री देवकृष्ण काफ्ले, श्री विश्वेश्वरप्रसाद सुवेदी र श्री बलराम बराल निर्विरोध निर्वाचित भएका छन् । सोही मितिमा बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्री  सुदिप आचार्यलाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार