IME Life

नेपाल पुर्नबीमालाई सरकारले दियो सवा २ अर्ब

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं:नेपाल पुर्नबीमा कम्पनीको चुक्ता पूँजी बृद्धिको लागी नेपाल सरकारले २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ प्रदान गरेको छ । सरकारले आफनो हिस्सामध्येको रकम आईतबार नै प्रदान गरेको नेपाल पुर्नबिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले बताए ।
नेपाल पुर्नबिमा कम्पनीमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत स्वामित्व रहेको छ भने ५६ दशमलव ४५ प्रतिशत बीमा कम्पनीहरुको रहेको छ । कम्पनीले १० अर्ब चुक्ता पूँजी पु¥याउँनका लागी १६ प्रतिशत सेयर सर्वसाधारणको लागी जारी गर्ने भएको छ । जसमध्ये एक प्रतिशत कर्मचारीको लागी छुटटाएको छ । बाँकी रहेको रकम सरकार र कम्पनीका संस्थापक बिमा कम्पनीबाट उठाईने कम्पनीले बताएको छ ।
सन् २००१ सेटेम्बरमा अमेरिकामा भएको आतंककारी आक्रमणबाट अर्बो रकमको क्षति भए पछि बिमा कम्पनीहरुमा ठूलो त्रास फैलिएको थियो । त्यसपछिका दिनमा बिमा क्षेत्रमा आतंकबाद नयाँ जोखिमको रुपमा देखियो । तत्कालिन समयमा नेपालमा पनि राजनीतिक आन्दोलन चर्किएको थियो । त्यसैले विदेशी पुर्नबीमा कम्पनीले यस्तो खालको जोखिम पुर्नबिमा गर्न चाहेनन् । तसर्थ विकल्पको रुपमा सरकारलको नेतृत्वनमा निर्जीवन बिमा कम्पनीहरुको सहभागीतामा सन् २००४ मा आकस्मिक कोष स्थापना भयो । सोही कोषलाई नै सरकारले सन् २०१४ मा पुर्नबीमा  कम्पनीमा रुपान्तरण गरेको हो । यद्यपी नेपालमा अहिले आतंकबाद जस्ता क्रियाकलाप कम हुने गरेका छन् । तर, जोखिम कुनै पनि बेला बढ्न सक्छ । तसर्थ यस्ता खालका समस्याको सामना गर्न नेपाल पुर्नबीमा  कम्पनीलाई बलियो बनाउनु पर्ने आवश्यकता भएको कम्पनीले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS