२३ कर्मचारी थपिए बीमा समितिमा

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं:

 समितिमा नै फर्किए भटट्

बिमा समितिमा आज देखि नयाँ कर्मचारी थपिने भएका छन् । नेपालमा बिमा कम्पनीहरुको संख्या बढ्दै गएपछि समितिको क्षमता बढाउन कर्मचारी थप गरिएको हो । समितिले १ जना उप निर्देशक, १७ जना सहायक निर्देशक र ५ जना बरिष्ठ सहायक सहित २३ जना नयाँ कर्मचारी थप गरेको हो ।
यस अघि समितिको कानुन शााखामा कानुन अधिकृत (करार) का रुपमा कार्यरत विरोध भट्टले उप निर्देशकमा नाम निकाल्न सफल भएका छन् । तीन बर्ष समितिको अनुभव बटुलेका भटट् पछिल्लो समयमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा आबद्ध थिए ।
लोकसेवा आयोग मार्फत छनोट भएका नयाँ कर्मचारीलाई करिब एक महिनाको तालिम दिए पछि जिम्मेवारी दिईने समितिले बताएको छ । नयाँ कर्मचारीको लागी समितिले अस्थायी कार्यलय पनि निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार