पञ्चकन्यामाई हाईड्रोपावरको आईपिओ आज बाट

इन्स्योरेन्स खबर/काठमाडौं: पञ्चकन्या माई हाईड्रोपावरले साउन १ गते देखि आइपिओ बिक्री गर्न लागेको छ।  हाईड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १० लाख १ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्ने छ।

पञ्चकन्या माई हाईड्रोपावरको  आइपिओ  साउन ४ गतेसम्म खरिद गर्न  सकिन्छ तर   यो  अवधिमा पुरै शेयर बिक्री नभएको अवस्थामा  भने साउन १५ गतेसम्म आवेदन दिन सकिने  छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार