IME Life

नागरिक कम्यूनिटी टिचिङ हस्पिटल र सानिमा लाईफ इन्स्योरेन्सबीच क्यासलेस सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नागरिक कम्यूनिटी टिचिङ हस्पिटल र सानिमा लाईफ इन्स्योरेन्सबीच नगद रहिद स्वास्थ्योपचार गर्ने (क्यासलेस) सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघरस्थित भक्तपुर जिल्लाको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडसँग सम्झौता भएको हो ।
जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ । नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड गठ्ठाघरमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक उषा खतिवडासमेतको उपस्थिति थियो ।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका जीवन वीमाका ग्राहकहरु र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS