IME Life

नेप्सेका कार्यकारी प्रमुख साउद सर्वोच्चकोआदेश अनुसार काममा फर्कदै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सरकारले पदमुक्त गरेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
साउदले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्चले साउदलाई काममा फर्काउन सरकारका नाममा आदेश दिएको हो । नेप्सेको प्रमुख कार्यकारी साउदले आफुलाई गैरकानुनी ढंगले हटाइएको दाबी गरेका थिए । उनले आफु लोकसेवा आयोगको जसरी नै परीक्षा दिएर कानुनी प्रकृयाबाट नेप्सेको प्रमुख कार्यकारी नियुक्त भएको बताएका थिए ।

केही दिनअघिको क्याबिनेटले तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागेपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानी अर्थमन्त्रालयले नेप्से प्रमुख साउदलाई गत आइतबार पदमुक्तको पत्र पठाएको थियो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS