IME Life

साप्ताहिक शेयर समिक्षा

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ९१ वटा कम्पनीको शेयर कारोबार भएको छ | २४ हजार ३ सय ७० वटा कारोबारबाट २ अर्व ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको रकम परिचालित भएको छ | विभिन्न कम्पनीका ६१ लाख १२ हजार ३ सय ७० कित्ता शेयर किनबेच भएका छन | यस हप्ता एभरेष्ट इन्सुरेन्स कम्पनी १५ करोड २५ लाख रुपैयाँ, कुमारी बैंक ३ लाख ९० हजार कित्ता र राइरांग हाइड्रो १४ सय ४९ कारोबार भएर विषयगतरुपमा पहिलो भएका छन | रकमको आधारमा प्राइम लाइफ, नेपाल दूरसञ्चार कम्पनी, लक्ष्मी बैंक र छिमेक लघुवित्त क्रमशः रहेका छन् | यस हप्ता कुनै पनि कम्पनीको नयाँ शेयर सूचीकरण भएको छैन |

कारोबार रकम गत हप्ता भन्दा ५८.४४ प्रतिशतले बढी हो | गत हप्ता भन्दा ७ वटा कम्पनीको बढी कारोबार भएको छ | कारोबार रकम बढे पनि यसपटक सूचक भने बढ्न सकेन | गत हप्ता १२२४.४१ अंकमा बन्द भएको सूचक यस हप्ता ३२.४३ अंकले घटेर ११९१.९८ मा आएर बन्द भएको छ | साताको पहिलो दिन अगिल्लो साता भन्दा ०.०२ झिनो अंकले घटेर १२२४.३९ अंकमा बन्द भएको थियो | दोश्रो दिन भने आइवार भन्दा १७.९६ अंकले घटेर १२०६.४३ अंकमा झरेको थियो | तेस्रो दिन थोरै घटेर १२०५.९३, चौथो दिन पनि अगिल्लो दिनको तुलनामा झिनो अंकले घटेर १२०५.६४ अंकमा बन्द भएको थियो | तर साताको अन्तिम दिन भने अगिल्लो दिनको तुलनामा १३.६६ अंकले घटेर ११९१.९८ मा बन्द भएको छ | पहिलो दिनको तुलनामा अन्तिम दिन ३२.४१ अंकले घटेको छ |

Prabhu
Crest

समुहगत परिसूचकको आधारमा व्यापार समुहको परिसूचक सबैभन्दा कम ०.५९ ले घटेको छ भने बिमा समुह सबैभन्दा अधिक २३१.९ अंकले घटेको छ | कारोबारमा मुख्य भूमिका निर्वाह गर्ने बाणिज्य बैंक समुहको परिसूचक २७.१६ अंकले घटेको छ | त्यस्तै नेप्से परिसूचकलाई बढी प्रभाव पार्ने नेपाल दूरसञ्चार सूचिकृत रहेको अन्य समुह ७.११ अंकले घटेको छ | समुहगत परिसूचक क्रमशः बिमा २३१.९, होटल १४७.८, उत्पादन तथा प्रशोधन ६०.७६, जलविद्युत ४३.२५, विकास बैंक ३४.३२, लघुवित्त ३०.०३, वाणिज्य बैंक २७.१६, अन्य ७.११, वित्त ७.७८ र व्यापार ०.५९ घटेका छन् |

यस हप्ता एभरेष्ट इन्सुरेन्सले १ सय ५ प्रतिशत संस्थापक हकप्रदको लागि धितोपत्र वोर्डमा निवेदन दिएको छ | कम्पनीको हाल बजारमा कारोबार भईरहेको सबै शेयर साधारण भएको हुँदा विमा समितिको निर्देशन अनुसार ५१ प्रतिशत संस्थापक शेयर कायम यस्तो निवेदन दर्ता गराएको हो | वोर्डबाट स्वीकृति पाएपछि कम्पनीले अन्य हकप्रद सरह एक दिन बुक क्लोज गरेर हकप्रद शेयर जारी गर्नेछ र उक्त दिनसम्म कायम रहने साधारण शेयरधनीले उल्ल्खित मात्रको हकप्रद पाउनेछन तर यसरी पाएको हकप्रद संस्थापक शेयर हुनेछ | तर साधारण शेयरधनी संस्थापक हुन संस्थापक शेयरधनी सम्बन्धि शर्त पुरा गरेको हुनुपर्ने छ | कर चुक्ता प्रमाणपत्र, आयस्रोत र कालो सुचिमा नरहेको कागजात पेश गरेपछि मात्र संस्थापक बन्न पाइनेछ | त्यस्तै नावालक संस्थापक बन्न सक्ने छैनन् | यहि कारण यस हप्ता योग्य नहुन सक्ने शेयरधनी बाहिरिएका कारण यसको अधिक रकम बराबरको कारोबार भएको हुनसक्छ |

यस हप्ता शेयर कारोबार ५ दिन पुरै खुलेको थियो | लाभकर गणना सम्बन्धि विवादको अझसम्म पनि निर्णय आइसकेको छैन | लगानीकर्ताको अपेक्षा अनुरुपकै मौद्रिक नीति आए पनि यसमा केहि स्वार्थ समुहले गलत व्याख्या गरेका भए पनि कारोबार रकम बढ्नुको अर्थ किन्ने व्यक्तिको चाप बढेको र गलत व्याख्याई बुझ्न नसक्नेले तनावग्रस्त भएर बेचेका कारण सूचकलाई प्रभाव पार्ने वाणिज्य बैंक समुह र अन्य समुहको समुहगत परिसूचक घटेका कारण समग्र सूचक घटेको देख्न सकिन्छ |

सूचकलाई मुख्य प्रभाव पार्ने नेपाल टेलिकम पनि एउटा हो | मौद्रिक नीतिले शेयर धितो कर्जा घटाएको जस्तो देखिए पनि परिमाण भने बढेको छ | त्यस्तै २० प्रतिशतसम्म मुल्य घट्दा पनि मार्जिन कल नगरिने व्यवस्थाले पनि यसलाई राहत पुगेको छ | अनिवार्य तरलता र वैधानिक तरलता दर घटाउने निर्णयले लगानीयोग्य रकम थप प्राप्त हुने देखिएको छ | मुल्य महँगो राखिएको भनेर सर्वत्र आलोच्य भएको एनएमबी बैंकको एफपिओमा माग भन्दा बढी आवेदन परेको छ | यसै हप्ता धितोपत्र वोर्डले पनि वार्षिक नीति र कार्यक्रम सार्वजनिक गरेको छ | वोर्डले नीति र कार्यक्रम सार्वजनिक गर्न थालेको यो दोस्रो संस्करण हो |

(प्रस्तुति:- ज्योति दाहाल, यो लेख कुनै पनि पत्रपत्रिकालाई पूर्व स्वीकृति विना पुन: प्रकाशन गर्न रोक अनुमति दिईएको छैन |)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS