IME Life

हार्टबिट फाउण्डेसनलाई ज्योति लाईफ इन्स्योरेन्सको सहयोग

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: ज्योति लाईफ इन्स्योरेन्सले हार्टबिटसँगको सहकार्यलाई अघि बढाएको छ । हार्टबिट फाउण्डेसन सडक बालबालिकाहरुको लागि शिक्षा र कलाको विषयमा काम गर्ने एक गैरसरकारी संस्था हो, जसले सडक बालबालिकालाई लागू पदार्थको दुव्र्यसनबाट बचाउँदै एक सामान्य जीवन जिउन अभिप्रेरित गर्ने गर्दछ ।

यी बालबालिकाहरुको उराठलाग्दो दैनिकीमा नयाँ रङ्ग भर्न उनीहरुलाई हाउस अफ प्यालेट्सको भ्रमण गराइएको थियो , जहाँ उनीहरुले उनीहरुको खुशी र माया भनेको कस्तो हुन्छ भन्ने आफ्नो विचारमा रङ्ग भरेका थिए । सो रङ्गमय सन्ध्याका विशिष्ट अतिथि महानायक राजेश हमालको समुपस्थितिमा ससाना भाइबहिनीहरुले चित्र कोरेका थिए भनें उनीहरुसँग राजेश हमालले प्रेरणादायी कुराकानी गरेर उनीहरुको हौसला बढाइदिनु भएको थियो ।

Crest

केही बालबालिकाहरुले उनीहरु जहाँबाट आएका थिए त्यही गाऊँको चित्र, आफ्नो परिवारको तस्वीर, नेपालको झण्डा र साथीभाइसँगको मित्रतालाइ चित्रमा उतारेका थिए । यसरी कोरिएका चित्रहरुलाई शुभकामना कार्ड मार्फत गरी नेपालभरी वितरण गरिएको थियो भने ज्योति लाईफको क्यालेण्डरमा समेत प्रयोग गरिएकाृे थियो ।

हार्टबिट फाउण्डेसनलाई थप सहयोग स्वरुप ज्योति लाईफले असार २१ उनीहरुको आफैले कोरेका तस्वीरहरु भएको क्यालेण्डरका साथै टेबल, मेचहरु पनि प्रदान गरेको छ । यसरी आफूले कोरेको चित्रकलाको कामको सम्मान भएकोमा र त्यसलाई देशभर नै प्रशंसा गरिएको देखेर ती सडक बालबालिकाहरु थप उत्साहित हुनुको साथसाथै उनीहरुले गर्वको महसुस समेत गरेका थिए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “सँधैं तपाईंको साथ” आर्ट क्याम्प मार्फत् यी सडक बालबालिकाहरुको जीवनमा थोरै रङ्ग र धेरै उत्साह थप्न चालेको यो एक सानो प्रयासले हार्टबिट फाउण्डेसनको उद्देश्यमा थप सहयोग पुग्ने अपेक्षा गरिए र  आगामी दिनहरुमा समेत यस्ता सामाजिक क्रियाकलापहरुमा कम्पनी सक्रियताका साथ लाग्ने कम्पनीले जानकारी दिएको छ  ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS