६० % हकप्रदका लागि नेशनल लाईफकको मूल्य समायोजन,कति पुग्यो पुँजी ?

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं: १० बराबर ६ अनुपातको  हकप्रद शेयरका लागि नेशनल लाईफकको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा प्राप्त सूचना अनुसार कम्पनीको समायोजित मूल्य ७  सय ९६ दशमलव ८८ रुपैयाँ तोकेको छ भने आधारमूल्य (बेस प्राइस )१३ सय ९२ दशमलव ४४ रुपैयाँ तोकेको छ।

६० प्रतिशत हकप्रद शेयर पश्चात् कम्पनीको पुँजी २ अर्ब ६४ करोड पुगेको छ।  बिमा समितिले जीवन बिमा कम्पनीहरूलाई २ अर्ब पुँजी पुर्‍याउन निर्देशन दिएकोमा ६० प्रतिशत हकप्रद पश्चात् नेशनल लाईफको पुँजी पुग्न गएको हो।

हकप्रद शेयर खरिद गर्ने समय श्रावण  १ गते देखि भाद्र ४ गते सम्म तोकिएको छ।

असार २१ गते सम्म कायम शेयर धनीले   १० बराबर ६ अनुपातमा हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार