IME Life

नेप्से ३ प्रतिशतले बढ्यो, इन्स्योरेन्स र माईक्रोफाईनान्स सर्वाधिक बढे

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: आज साताको अन्तिम दिन बजारले ३ प्रतिशतको वृद्धि हासिल गरेको छ। नेप्से परिसूचक बुधवारको तुलनामा ३६ अङ्कले बढेर १२२४ दशमलव ४१ को बिन्दुमा आएको छ।
आज इन्स्योरेन्स परिसूचकमा ५ दशमलव ४३ प्रतिशतको वृद्धि देखिएको छ भने माईक्रोफाईनान्स परिसूचकमा ५ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको छ। आज उत्पादनमुलक कम्पनीहरूको परिसूचक बाहेक सबै परिसूचकहरु हरियो देखिएका छन्।
६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले आज नेशनल लाईफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ। आज नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ३ करोड ७५  लाख बराबरको शेयर किनबेच भयो। आज सबै भन्दा धेरै कमाउनेमा युनाईटेड इन्स्योरेन्स पर्छ। आज युनाईटेड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो।
आज कारोबार रकममा पनि वृद्धि देखिएको छ। आज दिन भरमा ४६ करोड २० लाख बराबरको शेयर किन बेच भयो। बजार सुस्ताएको बेला आज एक्कासि कारोबार रकम र नेप्से परिसूचकमा वृद्धि देखिएको छ। मौद्रिक नीति नजिकिँदै जाँदा मौद्रिक नीतिको प्रभाव बजारमा परेको हुन सक्ने आकलन गर्न सकिन्छ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS