IME Life

लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई दाजेर हेर्दा

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स  दुई निर्जीवन बीमा कम्पनीहरू हुन्। दुई कम्पनी बिच इन्स्योरेन्स खबरको टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पुँजी :

Prabhu
Crest

प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५० लाख  छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी ८८  करोड  छ। बीमा समितिले निर्जीबन बीमा कम्पनीहरूलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा लुम्बिनी जनरल इन्स्योरेन्सले अझै आफ्नो पुँजी १४  प्रतिशतले वृद्धि गर्नु पर्ने छ भने प्रभु इन्स्योरेन्सले बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरिसकेको छ ।

जगेडा कोष :

प्रभु इन्स्योरेन्सको जगेडा कोषमा ९  करोड ४७ लाख रुपैयाँ संचित  छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको जगेडा कोषमा १०  करोड ७५  लाख रुपैयाँ संचित  छ।

बीमा कोष :
दुई कम्पनीको बिच तुलना गर्दा दुवै कम्पनीको बीमा कोष  उस्तै  छ । प्रभु इन्स्योरेन्सको बीमा कोषमा ३९  करोड ५९ लाख रुपैयाँ छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा  कोषमा ३९  करोड ८४  लाख रुपैयाँ संचित  छ।

कुल र खुद बीमा शुल्क आर्जन रकम :
प्रभु इन्स्योरेन्सले  ६५  करोड ३८ लाख कुल बीमा शुल्क रकम आर्जन गरेकोमा   ३९ करोड ४४  लाख खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सले  ८८  करोड ५३ लाख कुल बीमा शुल्क रकम आर्जन गरेकोमा  ५४  करोड ९७  लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफा :
यो ९ महिनाको अवधिमा प्रभु इन्स्योरेन्सले १३  करोड ८  लाख रुपैयाँ खुद नाफा गरेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सले १४  करोड ४७  लाख रुपैयाँ खुद नाफा गरेको छ।

भुक्तानी हुन् बाकी दाबी :
प्रभु इन्स्योरेन्सको ११   करोड २६   लाख बराबरको दाबी भुक्तानी हुन बाकी छ भने लुम्बिनी जनरलको ४५    करोड १९   लाख बराबरको दाबी भुक्तानी हुन बाकी छ।

प्रति शेयर आम्दानी :
प्रति शेयर आम्दानीको मामलामा लुम्बिनी जनरल इन्स्योरेन्स अगाडी छ। लुम्बिनी जनरल इन्स्योरेन्स को प्रति शेयर आम्दानी २१  दशमलव ९२  रुपैयाँ छ भने प्रभु इन्स्योरेन्सको प्रति शेयर आम्दानी १७ दशमलव ३५  रुपैयाँ छ।

मूल्य आम्दानी अनुपात :
लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात  २३  गुणा छ भने प्रभु इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २८  गुणा रहेको छ। लुम्बिनी जनरल इन्स्योरेन्स भन्दा प्रभु  इन्स्योरेन्स  महँगो छ।

हेरौ लुम्बिनी जनरल  इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको तुलनात्मक टेबल :

सबै निर्जीबन बीमा कम्पनीहरुको तुलनात्मक अध्यन हेर्न यहा क्लिक गर्नुस 

प्रति शेयर आम्दानी  निकाल्दा  हकप्रद र बोनसलाई पुँजीमा समायोजन गरिएको र  मूल्य आम्दानी अनुपात निकाल्दा जुलाई १ को बजार मुल्यको आधारमा गणना गरिएको।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS