IME Life

नेपाल मेडिसिटि अस्पताल र सानिमा लाईफ इन्स्योरेन्सबीच सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकहरू तथा कर्मचारीको सर्वसुलभ उपचारका लागि सानिमा लाईफ इन्स्योरेन्सले नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता गरेको छ  । सम्झौतासँगै अब जीवन वीमाका लागि ग्राहकको पूर्व स्वास्थ्य परीक्षण अब मेडिसिटी अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा  कम्पनीले गर्ने छ ।
सो सम्झौता पत्रमा सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक केशव राज केसी र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सानिमा लाईफ इन्स्योरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे । आफ्ना ग्राहकहरू र कर्मचारीहरूको स्वास्थ्यको लागि विभिन्न योजनाहरू ल्याउनु साथै अस्पतालसँग निरन्तर काम गर्ने अपेक्षा रहेको कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी ले बताए ।

Crest

हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब र चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पुँजीको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ निकट भविष्यमा सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्‍याउने कम्पनी लक्ष्य रहेको  छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS