IME Life

नेको इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन ,

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: नेको इन्सुरेन्सको २ लाख कित्ता संस्थापक सेयर लिलामी बोलपत्र पेस गर्ने सोमबार (असार ११ गते) अन्तिम दिन हो । असार ५ गतेदेखि यो सेयर लिलामीमा ल्याएको हो । कम्पनीले यसअघि जेठ १३ देखि असार ३ गते सम्म निर्धारण गरेर २ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये संस्थापक समूहको सेयरमा आवेदन नै परेको थिएन । नबिकेको बाँकी सेयर पुनः लिलामीमा ल्याएको हो । यसमा सर्वसाधारणले समेत यसमा आवेदन दिन सक्नेछन् ।

यसमा सर्वसाधाणले पनि आवेदन दिन पाउनेछन । लगानीकर्ताले न्यूनतम २४२ रुपैयाँलाई आधार बिन्दु बनाएर बोलकबोल गर्नुपर्नेछ । यसमा व्यक्ति, कम्पनी र संघ संस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम ५ ००० कित्ताका लागि आवेदन दिन पाइनेछ र अधिकतम सबै कित्ताका लागि बोलपत्र प्रस्ताव गर्न पाइनेछ ।

Crest
Meta Holidays

हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । हकप्रद र लिलामी सेयर बिक्री गरिसकेपछि चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७७ पैसा रहेको नेको इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ भने २३६ रुपैयाँ १४ पैसा छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x