इन्स्योरेन्स खबर/काठमाडौँ: नीर्जीवन बीमा कम्पनी मध्य ३ अर्ब प्रिमियम सङ्कलन गर्ने पहिलो नीर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स भएको छ।
तेश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम सङ्कलन गरेको थियो। नन लाइफ इन्स्योरेन्स कम्पनीहरू मध्य सबै भन्दा धेरै शाखा सञ्जाल शिखर इन्स्योरेन्सको रहेको छ।
शिखर इन्स्योरेन्सले बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ।
कम्पनीले आर्थिक वर्ष ७४/ ७५ को तेश्रो त्रैमास सम्म ३१ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रति शेयर आम्दानी ३९ रुपैयाँ ११ पैसा रहेको छ।
३ अर्ब प्रिमियम सङ्कलन गर्ने शिखर इन्स्योरेन्स बन्यो पहिलो नीर्जीवन बीमा कम्पनी

