IME Life

खुल्यो नाडेप लघुवित्तको आइपिओ, न्युनतम २० कित्ताबाट लगानी सुरु गर्न सकिने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: धादिङको गजुरीमा प्रधान कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गते आइतबारदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्त कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्दै छ । निष्काशित कुल शेयरमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गरेको छ । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता अर्थात् रु २,००० र अधिकतम २ हजार ४ सय कित्ता अर्थात् रु २४०,००० आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ ।

Crest

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी (हालको लुम्बिनी बिकाश बैंक) को लगानी रहेको छ । लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । लघुवित्तको पछिल्लो बित्त्य विवरण अनुसार कम्पनीको सेयरमा लगानी आकर्षक देखिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS