IME Life

प्रभु इन्स्योरेन्सको हकप्रद सेयर असार ८ गतेबाट खुल्ने, हकप्रदको पुँजीकरण पछि चुक्तापुंजी १ पुग्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  निर्जिबन बीमा ब्यबसाय गर्ने प्रभु इन्स्योरेन्सले असार ८ गते देखि हालकायम चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ, कम्पनीले ३१ लाख ६६ हजार ६७ दशमलव ६३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ । सेयरधनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि प्रभु क्यापिटलकोकार्यालय कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

Crest

हकप्रद निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १४ गते सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो ।

हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।हकप्रद सेयरको पुँजीकरण सँगै कम्पनीले बीमा समितिले तोके बमोजिम निर्जिवन बीमा कम्पनीले कायम गर्नुपर्ने एक अर्ब रुपैयाँ कायम गर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS