IME Life

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा खाद्यान्न तथा झुल वितरण

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो १६ औं वार्षिकोत्सवका अवसरमा तराईका विभिन्न जिल्लाका विपन्न परिवारहरुलाई खाद्यान्न तथा झूल वितरण गरेको छ। कम्पनीले पर्सा जिल्लाको बगही ६, कास्कीको पैंटे डाँडा र कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ मा आर्थिक रुपले विपन्न परिवारहरुलाई झूल तथा खाद्यान्न वितरण गरेको हो ।

तराईमा गर्मीयाममा लामखुट्टेको टोकाईबाट मलेरिया लगायतका रोगहरुको प्रकोप बढ्ने र खास गरी विपन्न परिवारहरु यस्ता रोगबाट बढी पीडित हुने गरेको हुनाले राहत स्वरुप झूल वितरण गरेको कम्पनी सचिव आनन्द खड्काले जानकारी दिए ।

Crest

कम्पनीले नेपाल अधिराज्यभर रहेका ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म १२८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ भने कम्पनीको हालको चुँक्ता पूँजी ६४ करोड १५ लाख रहेको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS