IME Life

आइएमई लाईफ इन्स्योरेन्सले आईपिओ निष्काशनको प्रकृया अगाडी बढायो, बिक्री प्रबन्धक-सिभिल क्यापिटल

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं:आइएमई लाईफ इन्स्योरेन्सले सर्वसाधारण लाई सेयर (आईपिओ) निष्काशनको प्रकृया अघि बढाएको छ । कम्पनीले हाल कायम जारी पुंजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैंयाको आइपिओ निष्काशन गर्नका लागि सिभिल क्यापिटल संग सेयर निस्कासन सम्झौता गरेको छ ।

शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्ने सम्झौतामा आइएमई लाईफ कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारीमा रहेको कम्पनीको हालको चुक्ता पुंजी एक अर्ब ४० करोड रहेको छ, हाल कायम चुक्ता पुंजी अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ, आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८८ लाख खुद मुनाफा गरेको छ, जुन पछिल्लो समयमा संचालन अनुमति प्राप्त गर्ने बिमा कम्पनीहरु मध्येको सबै भन्दा धरै हो । तथापी जिबन बिमा कम्पनीहरुको बिमाअङ्किय मुल्यांकन पछि मात्र वास्तविक नाफा निस्किने हुदा, यो नाफा नै अन्तिम भने होइन।

Crest
Meta Holidays

६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरी कम्पनीले चुक्ता पूँजी २ अर्ब रुपैंया पुर्याउन लागेको हो । कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौडेल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आईएमई र सम्बद्धहरुको ४० प्रतिशत बढी लगानी रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x